स्वास्थ्यकर्मी अस्मिता धामी मृत्यु घटनाको छानबिन गर्न सांसदहरुको माग

सुदूरपश्चिम प्रदेशसभाको सोमबारको बैठकमा सांसदहरुले तीन दिनअघि डडेलधुराको परशुराम नगरपालिका–८ की २६ वर्षीया स्वास्थ्यकर्मी अस्मिता धामीे मृत्युको घटना तत्काल छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् ।