१० वर्षदेखि सहिद घोषणाको पर्खाइ

गौर नगरपालिका–८ स्थित राष्ट्रिय कुस्ती खेलाडी उपेन्द्रदास बैरागी (यादव) लाई सहिद घोषणा गर्ने जिल्ला सुरक्षा समितिले गरेको निर्णय कागजमै सीमित भएको छ । बैरागीको हत्या भएको १० वर्ष बितिसक्दा पनि राज्यले उनलाई सहिद घोषणा गरेको छैन । यसका लागि पीडित परिवार १० वर्षदेखि राजधानी धाएको धायै छन् ।