कोभिड सुरू भएको साढे दुई वर्षपछि घट्यो रेमिट्यान्स, अर्थतन्त्रमा कस्तो असर पर्छ ?

कोरोना महामारी फैलन थालेको झण्डै साढे दुई वर्षपछि नेपालको अर्थतन्त्र धानेको विप्रेषण (रेमिट्यान्स) घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले चालू आर्थिक वर्षको साउन र भदौ महिनामा विप्रेषण घटेको देखाएको छ । लकडाउन र निषेधाज्ञा लागेका बेला समेत नघटेको रेमिट्यान्स महामारी नियन्त्रणमा आउन थालेपछि घटेको हो ।वि.सं. २०७६ पुसदेखि विश्वभर फैलन थालेकोे कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न नेपालमा सोही वर्षको चैत ११ गतेदेखि लकडाउन भएको थियो । नेपाली युवाहरूले रोजगारी प्राप्त गर्ने प्रमुख