पायाः जात्रा : महिसासुरका सेना खोज्दै खड्ग लिएर जब निस्कन्छन् देवगण
१० कात्तिक, काठमाडौं । दसैंको टीका थापिसकेपछि काठमाडौं उपत्यकामा झनै ठूलो उत्सवको सुरुवात हुन्छ । अन्त टीकासँगै बिस्तारै मलिन बन्दै जाने दसैंको माहोल काठमाडौं उपत्यकामा भने पूर्णिमासम्म नै चलिरहन्छ ।
हरेक दिन जात्रा र उत्सवमा रमाउने …
काठमाडौं । काठमाडौंको असनचोकमा बडादशैंको एघारौं दिन बुधवार विशेष पायाः(खड्ग) जात्रा अर्थात् असं चालं मनाइएको छ । असनका उदाय समुदायले एकादशीको दिनमा टीका लगाउने गर्दछन् । नेवार समुदायका तुलाधर, स्थापित, कंसाकार, शिलाकार, शिख्राकार थरकालाई उदाय भन्ने गरिन्छ ।
व्यापारीको रूपमा चिनिएका उदाय समुदायको कुनै बेलामा दशमीको दिनमा व्यापार व्यवसायमै व्यस्त हुँदा टीका थाप्न नै बिर्सेकाले भोलिपल्ट मात्रै टीका थापेको र त्यसबेलादेखि एकादशीको दिनमा टीका थाप्ने चलन शुरु भएको कथन छ ।
एकादशीको दिन असनमा निस्कने पायाः (खड्ग) जात्रा अन्य समुदायको भन्दा फरक हुन्छ । अन्य पायाःमा जेष्ठ नागरिक जात्राको मुख्य व्यक्ति अथवा थकालीको रूपमा खड्गसहित निस्किने गर्छन् भने असं पायाःमा सबैभन्दा कान्छो व्यक्तिले जात्राको नेतृत्व गर्छन् । यसैक्रममा यसपटक योगेन्द्र विर सिं तुलाधर र अनिशा तुलाधरका सन्तान साढे ५ महीनाका यनिश विर सिं तुलाधरलाइ थकालीको रूपमा सरिक गराइएको छ ।
पायाः निकाल्ने क्रममा असन चोकमा अवस्थित अन्नपूर्ण मन्दिरको पछाडि रहेको बकुननिको आगम घरबाट खड्गसहित पायाः निकालिने गरिन्छ । यसरी खड्गसहित निस्किएका व्यक्तिहरुले असनका परिक्रमा गरी फेरि आगम घरमै पुग्ने गरिन्छ । आगम घर पुगेर दानव वा असुरको प्रतीकको रूपमा कुभिन्डोलाई खड्गले मार हान्ने गरिन्छ । यससँगै पायाः जात्रा सम्पन्न हुने गर्दछ ।
काठमाडौं । काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा नेवार समुदायले बडादसैंको अन्तिम दिन अर्थात् विजयादशमीको साँझमा तान्त्रिक विधिबाट खड्गको पूजाआजा गरी परम्परागत पहिरनमा पायाः जात्रा पर्व मनाइएको छ । पाको अर्थ काट्ने (खड्ग) र याः को अर्थ यात्रा भन्ने हुन्छ ।
विजया दशमीका दिन नेवार समुदायले निकाल्ने खड्ग जात्रामा विभिन्न शक्तिपीठमा तन्त्र साधना गरी खड्ग धारणा गरी टोल तथा गुठीका मानिस निस्किछन् । खड्ग धारण गरेर नगर परिक्रमा गरिसकेपछि आसूरी प्रवृत्तिको प्रतीक कुभिण्डोलाई खड्गले प्रहार गरी जात्रा सम्पन्न गरिन्छ ।
खड्ग जात्रामा शक्तिपीठबाट तन्त्र साधना गरी देवदेवीको मूर्ति रहेको शक्तिपीठको मूल घरबाट खड्ग जात्रा निकालिन्छ । विजया दशमीका दिन काठमाडौंमा टेःबहाल र बटुबाट भद्रकाली, कोहिटीबाट नीलवाराही, यट्खाबाट कंकेश्वरी, महाबौद्ध, किलागल र तलेजु भवानीलगायतका पीठबाट खड्गजात्रा निकालिन्छ । असत्यमाथि सत्यको विजयको प्रतिकको रुपमा खड्ग जात्रा पर्व मनाउने गरिन्छ ।
काठमाडौं । मानन्धर समुदायले परम्परागत मनाउँदै आएको पायाः जात्रा सम्पन्न भएको छ । काठमाडौंको भीमसेन स्थानमा मानन्धर टवो खलःले खड्ग धारण गरेर पायाः निकालेको हो । कोभिडको कारण २ वर्ष यो जात्रा हुन सकेको थिएन् । सांसद कोषबाट खलःको गुथीको नयाँ घर निर्माण भएपछि सोही घरबाट पायाः निकालिएको हो । प्रत्येक वर्ष विजया दशमीका दिन […]