इरानले पूर्व सहायक रक्षा मन्त्री अलीरेजा अक्बरीलाई मृत्युदण्ड दिएको छ । बेलायतका लागि जासुस गरेको आरोपमा सन् २०१९ मा पक्राउ परेका अक्बरीलाई मृत्युदण्ड दिएको बीबीसीले जनाएको छ ।अक्बरीसँग बेलयात र इरानको दोहोरो नागरिकता रहेको थियो । अक्बरीले दोहोरो नागरिकता भए पनि जासुसी गरेको आरोप भने अस्वीकार गर्दै आउनुभएको थियो । बेलायतले अक्बरीको मृत्युदण्डलाई स्थगित गरेर तत्कालै रिहा गर्न माग गर्दै आएको थियो ।यस्तै अमेरिकाले पनि अक्बरीलाई मृत्युदण्ड नदिन इरानलाई दवाब दिएको थियो । इरानले पछिल्लो केही वर्षयता दोहोरो नागरिकता भएका व...