सत्तारुढ दलले गठन गरेको एमसीसी अध्ययन कार्यदलको पहिलो बैठक बुधबार बसेको छ। कार्यदलका संयोजक तथा नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालको निवास डल्लुमा कार्यदलको पहिलो बैठक बसेको हो । बैठक बसेर कार्यदलले गर्ने कामबारे खाका बनाउने कार्यको थालनी भएको एक नेताले बताए । पुस ४ मा बसेको सत्तारुढ दलको बैठकले खनालको नेतृत्वमा नेपाली काँग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ सदस्य रहेको कार्यदल गठन गरेको थियो । कार्यदल