करिब साढे तीन वर्ष अघिदेखि कुमारीपाटीमा सञ्चालनमा आएको ऐला रेस्टुरेन्ट एन्ड लाउन्ज ललितपुरकै उत्कृष्ट लाउन्ज मध्येमा पर्छ । लोकल रक्सीलाई नेवारी भाषामा ऐला भनिए पनि तर यहाँको आकर्षक बारमा भने विदेशी तथा स्वदेशी वाइन तथा मदिराको स्वाद लिन सकिन्छ । यस लाउन्जको अर्को आकर्षण भनेको रुप टफ लाउन्ज पनि हो । यहाँबाट काठमाडौँ, ललितपुर, भक्तपुर, चोभार तथा उपत्यकाको चारैतिरका आकर्षक दृश्य अवलोकन गर्न सकिन्छ । छैटौँ तल्लामा आकर्षक लाउञ्ज तथा बार छ भने सातौँ तल्ला रुफटपमा ओपन लाउन्ज छ भने आठौँ तल्लामा ‘क्याफे दि होराइजन’ नामक क्याफ्टेरिया छ, जहाँ विभिन्न किसिमका कफी तथा चियाको स्वाद लिन सकिन्छ । साथै, यहाँ उच्च गतिको इन्टरनेट सुविधा राखिएको छ ।