काठमाडौँ । आजदेखि देशभरका विद्यालय तहको नयाँ शैक्षिसत्र सुरु भएको छ । विद्यार्थीको आन्तरिक मूल्याङ्कनमार्फत नतिजा प्रकाशन गरी कक्षा १० सम्म अध्ययन गर्ने देशभरका विद्यार्थीहरूको नयाँ शैक्षिक सत्र सुरु भएको हो । कोरोना महामारीबाट सिर्जित समस्याका कारण भौतिक उपस्थितिमा पठनपाठन गर्न नसकिए पनि नयाँ कक्षा भर्ना तथा वैकल्पिक माध्यमबाट सिकाइका लागि सहजीकरणको बाटो खुलेको हो […]