उपकरण र प्राविधिक जनशक्ति नआउँदा निर्माण कार्य धकेलिँदै

चीनबाट आउनु पर्ने उपकरण र प्राविधिक जनशक्ति नआउँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यमा ढिलाइ भएको छ । यसअघि नदीजन्य सामग्रीको अभावले अवरोध पुगेको विमानस्थलको निर्माणमा अहिले भने उपकरण र प्राविधिक जनशक्ति अभाव ढिलाइको मुख्य कारण बनेको हो ।

सम्बन्धित सामग्री

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अवधि डिसेम्बरसम्म थपियो

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अवधि डिसेम्बरसम्म लम्ब्याइएको छ । चीनबाट आउनुपर्ने उपकरण र प्राविधिक जनशक्ति आउन ढिलाई हुँदा निर्माण अवधि पाँचौपटक थपिएको हो । नागरिक उड्डयन प्राधिकरणका अनुसार चौथोपटक विमानस्थल निर्माणको अवधि थपिएको हो । यसअघि नदीजन्य सामग्रीको अभावले अवरोध पुगेको विमानस्थलको निर्माणमा अहिले भने उपकरण र प्राविधिक जनशक्ति अभाव ढिलाईको मुख्य कारण बनेको छ । अव भने थपिएको समयभित्रै निर्माण कार्य सम्पन्न हुने प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिनुभयो ।