बुटवल । वर्षायाम नसकिँदै रुपन्देहीको तिलोत्तमास्थित तिनाउ नदीमा दोहन सुरु गरिएको छ । हिउँद महिनाभर गिट्टी, बालुवा चोरी तस्करी हुने यस नदीमा यसपटक स्थानीय सरकारले वर्षा याम नसकिँदै नदीको दोहन खुला गरेको छ ।नगरको विपत व्यवस्थापन समिति र जिल्ला विपत व्यपस्थापन समितिबाट निर्णय गराएर नदीबाट गिट्टी, बालुवा निकालिएको छ । वन क्षेत्रमा डिभिजन वन कार्यालय र अन्य ठाउँमा स्थानीय सरकारले वर्षको तीन महिना जेठ, असार र साउनभर नदीमा पस्नसमेत बन्देज गरेका हुन्छन् । तर तिलोत्तमा नगरपालिकाले साउन महिनामै तिनाउबाट न