दैलेख चामुन्डा बिन्द्रसैनी नगरपालिका–३ बस्ने २७ वर्षीय पुरुषलाई बन्धक बनाई ७ लाख रूपैयाँ फिरौती माग गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा दाङ बबई गाउँपालिका–३ बस्ने ३५ वर्षीय लिलाराम बिक, ३५ वर्षीय नेपबहादुर घर्ती, तुलसीपुर उपमहानगरपालिका–४ खाद्रे बस्ने २५ वर्षीय सकुलाल विक, कपिलवस्तु शिवराज नगरपालिका–९ बस्ने २० वर्षीय मनोज थारू, प्युठान गौमुखी गाउँपालिका–७ घर भई