नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि पार्टीका तर्फबाट सङ्कल्प पत्र सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक काँग्रेसको सङ्कल्प पत्रमा काँग्रेसले विगतको नेकपाको सरकारलाई ‘अधिनायकवाद र सर्वसत्तावादको सुत्रपात’का रुपमा व्याख्या गरेको छ ।‘नेकपाको सरकार गठन भएको घडीदेखि नै संविधान, लोकतान्त्रिक प्रणाली, जनताका नैसर्गिक अधिकार, संवैधानिक संस्था र राज्यको चौथो अङ्ग सञ्चार जगतमाथि नियोजित रुपमा संगीन आक्रमण गर्दै आफूले पाएको सुनौलो अवसरको अधिकांश समय र ऊर्जा अधिनायकवादी त