चाडपर्वको समयमा यात्रुहरूबाट तोकिएको भन्दा बढी भाडा लिने ४२ जनालाई काठमाडौँ उपत्यकाबाट ट्राफिक प्रहरीले प्रहरीले पक्राउ गरेको छ । कोटेश्वरबाट ८ जना, बल्खुबाट १२ जना, नयाँ बसपार्कबाट ८ जना, माछापोखरीबाट ६ जना र कलंकीबाट ८ जना गरी ४२ जना पक्राउ परेका हुन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले आज दिनभरी अनुगमन गर्दा चाडपर्वको समयमा यात्रुहरुलाई तोकिएको भन्दा बढी भाडा लिने, अनावश्यक हैरानी दिने, टिकटमा तोकिएको सिट नदिने जस्ता