चुनावको तयारी अन्तिम चरणमा : स्थिर समयमा प्रचार गरेको पाइए कारबाही गर्ने आयोगको चेतावनी

काठमाण्डाै - निर्वाचन आयोगले चुनावका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । यसपटक देशैभर एकै चरणमा मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव हुँदैछ । चुनाव आउन अब ५ दिन मात्रै बाँकी छ । दल तथा उम्मेदवार प्रचारप्रसारमा व्यस्त छन् । निर्वाचन आयोगले मतदान सुरु हुनुभन्दा ४८ घण्टा अघिदेखि चुनावी प्रचारप्रसारसँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने जनाएको छ । निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले चुनाव हुनुभन्दा ४८ घण्टा अघिदेखि प्रचारप्रसारका कुनै पनि गतिविधि गर्न नपाउने उल्लेख भएअनुसार ...