देलविस र राज रोहनसँग रोमान्टिक साम्राज्ञी

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई दर्शकले पर्दामा देख्न नपाएको धेरै भयो । फिल्म बाहेक विज्ञापन र म्युजिक भिडियो भने उनको रोजाइमा खासै पर्ने गरेको छैन । केही अगाडि आफ्नै आमाको स्वर रहेको एक म्युजिक भिडियो अभिनय गरेकी साम्राज्ञी फेरि म्युजिक भिडियोमा देखिने भएकी छन् । निर्माताद्वय दिनेश दर्शनधारी र यशोदा राईका पुत्र नव कलाकार देलविस दर्शनधारी र राज रोहन तुम्बाहाङ्फेसँग उनी एक म्युजिक भिडियोमा देखिन लागेकी छन् ।ट्री इन्टरटेन्मेन्टले निर्माण गर्ने ‘माया पिरेम’ बोलको गीतको म्युजिक