हेटौँडा : प्रदेशसभाको पहिलो कार्यकाल अधिवेशन स्थगनकै अवस्थामा सकिने भएको छ। सत्ता गठबन्धनभित्रको खटपट र आगामी निर्वाचनको मिति घोषणा भइसकेको हुँदा अब सदन बस्ने सम्भावना देखिँदैन। निर्वाचन मिति नजिकिएकाले प्रदेशसभाको आयु पनि धेरै बाँकी छैन। जसकारण प्रदेशसभाको पहिलो कार्यकाल औपचारिक बैठक नै नबसी स्वतः अन्त्य हुने देखिएको हो।देश संघीयतामा गएपछि बनेको प्रदेशसभाको पहिलो कार्यकालमा नै प्रदेश संरचना खारेजीको आवाज सदनमा नै उठ्न थालेका छन्। प्रदेश सरकारको पूर्वमुख्यमन्त्री,मन्त्रीहरू तथा प्रदेशसभा सदस्यहर