हिन्दुहरुको महान पर्व बडादसैँ र तिहार नजिकिँदै गर्दा राजधानीमा किनमेल गर्नेको भीड बढेको छ । शनिबार काठमाडौंका असन–इन्द्रचोक, न्युरोड, सुन्धारा लगायतका क्षेत्रमा दसैँका लागि सामान खरिद गर्नेहरुको भीड देखिन्थ्यो । भीडमा स्वास्थ्य मापदण्डको पालना समेत गरेको देखिएन ।सरकारले कोभिड–१९ महामारीको बीचमा चाडपर्व र उत्सवहरू मनाउँदा स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्न आह्वान गरिरहेका बेला यसरी बढेको भीडले संक्रमणको जोखिम थप बढेर जाने जनस्वास्थ्यविद्हरुले बताउँदै आएका छन् । तस्ब