भारतमा हरेक महिलासँग भिडभाडयुक्त स्थानमा यौन दुर्व्यवहार खेप्नुपरेको अनुभव छ। त्यस्ता तीता अनुभवमा कसैले महिलाको स्तन छोएकादेखि शरीरको पछिल्लो भागको तलतिर चिमोटेको वा अरू संवेदनशील अङ्ग छोएको जस्ता घटना पर्छन्। यस्ता पीडकहरूलाई तह लगाउन महिलाहरू आफूसँग जे छ त्यसैको प्रयोग गर्छन्। उदाहरणका लागि कलेज पढ्ने समयमा कोलकता शहरमा खचाखच बस र ट्राममा चढ्दा म र …