तालिवान विद्रोहीले अफगानिस्तानको उत्तरी शहर मजार–ए–सरिफमा आक्रमण गर्नासाथ भारतले त्यहाँस्थित आफ्नो कन्सुलेट कार्यालय तत्कालै बन्द ग¥यो । उसले आफ्ना नागरिक तथा कूटनीतिक अधिकारीहरुलाई लिनका लागि सैनिक विमान पठायो ।व्यवसाहिक उडानहरु अवरुद्ध हुनअघि नै अफगानिस्तान छाड्न आफ्ना सबै नागरिकलाई काबुलस्थित भारतीय दूतावासले आग्रह गरिसकेको छ ।तर, अवस्था यति खराब भइसक्दा पनि आफ्ना नागरिक फिर्ता गर्ने विषयमा नेपाल सरकारले भने कुनै निर्णय गर्न सकेको छैन ।परराष्ट्र मन्त्रालयसहित १७ वटा मन्त्रालयक