बुटवल : लुम्बिनी प्रदेश सरकारले आज आफ्नो प्रदेश स्थापना दिवस प्रदेशको राजधानी दाङमा मनाउँदै छ।प्रदेश सरकारको सबै काम कारबाही बुटवलबाटै हुँदै आए पनि स्थापना दिवस भने दाङमा मनाउन लागेको हो।सञ्चारमन्त्री तिलकराम केसीका अनुसार कोभिड-१९ संक्रमणको जोखिमलाई ध्यान दिँदै सीमित संख्यामा सहभागी गराएर स्थापना दिवस मनाउन लागिएको हो।मन्त्र केसीका अनुसार स्थापना दिवसमा प्रदेश सरकारले घोषणा गरेको पदक र विभूति प्राप्त गर्ने संस्था र व्यक्ति, कार्यक्रम आयोजना हुने स्थानीय तहका जनप्रतिनिधि र स्थानीय पा