काठमाण्डाै - आज देशका धेरै ठाउँको मौसम बदली भएको छ । मौसम बदली भएकाले आज पहाडी क्षेत्रमा छिटपुट वर्षा र हावाहुरीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विशेषगरी दिउँसोपछि पहाडी र तराईका केही क्षेत्रमा मेघगर्जन र हावाहुरीको सम्भावना देखिएको महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । ठूलो र निरन्तर पानी पर्ने तथा हावा चल्ने सम्भावना छैन। काठमाण्डौ उपत्यकामा पनि मौसम आंशिक बदली भएको छ ।
दिउँसोपख काठमाण्डौमा छिटपुट पानी पर्न सक्ने सम्भावना रहेको मौसमविद् मानन्धरले बताउनुभयो । आज बि...
आज बिहानदेखि काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा हल्का वर्षा भएको छ । अहिले देशभरकै मौसम बदली भएको मौसमविद् बरुण पौडेलले जानकारी दिए । उनका अनुसार आज काठमाडौँमा बिहान ८ः४५ मिनेटसम्ममा ० दशमलव दुई मिलिमिटर वर्षा भएको छ । डोल्पा, हुम्लामा हिमपात भइरहेको, सर्लाहीलगायतका जिल्लामा अहिले हल्का वर्षा भइरहेको र देशका धेरै ठाउँमा बादल लागेको मौसमविद् […]
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा अहिले मौसम बदली भएको छ । मौसम बदली भएका क्षेत्रमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले काठमाण्डौ उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रका मौसम बद्ली भएको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । पश्चिमी वायुको प्रभावले मौसम बदली भएको उहाँको भनाई छ । आज राति कतै कतै मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
१२ भदौ, काठमाडौं । मौसम बदली भएको छ । आज देशभर सामान्यदेखि भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । भारी वर्षाको सम्भावना रहेका उक्त प्रदेशका भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रानको […]
काठमाण्डाै – काठमाण्डौ उपत्यकामा मौसम बदली भएको छ । आज बुधवार दिउँसोपछि मौसम बदली भएको हो ।
कतै–कतै मेघगर्जनसहित छिटफुट पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पानीसँगै हल्का असिना पनि परेको छ ।
अहिले लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू–भागमा पनि मौसम बदली भएको छ । ती ठाउँका एक/दुई ठाउँमा मेघगर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार प्रिमनसुनको यो बेला बेलुकी पख कतै–कतै हुरी...
काठमाण्डाै – आउँदो सोमबारसम्म देशभरको मौसम बदली हुने मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । महाशाखाले दिउँसो विशेष बुलेटिन सार्वजनिक गरेर भोलिदेखि अर्को न्यून चापीय प्रणाली प्रवेश गर्ने भएकोले सोमबारसम्म मौसम बदली हुने जानकारी गराएको छ ।विभागका अनुसार, पश्चिम नेपालबाट छिर्ने यो न्यून चापीय प्रणालीका कारण भोलि शनिबार, आइतबार र सोमबार देशभरिको मौसममा प्रभाव पर्नेछ । उच्च भागमा हिमपात तथा पहाडी र तराईका भागमा मेघ गर्जनसहित मध्यम स्तरसम्मको वर्षा हुने सम्भावना रहेको मौसमविद् शान्ती कँडेलले बताउनुभयो । यो न्...
बिहीबारदेखि फेरि मौसम बदली हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावका कारण बिहीबार देशभरका मौसम बदली हुने सम्भावना रहेको बताएको छ ।मौसमविद् वरुण पौडेलले मौसम बदली भएपछि पहाडी क्षेत्रमा सामान्य वर्षा हुने अन्य क्षेत्रमा वर्षाको सम्भावना नभएको बताए । ‘उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । […]
मंगलबारदेखि फेरि मौसमी प्रणालीमा परिवर्तन भई मौसम बदली हुने पूर्वानुमान गरिएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव शनिबारसम्मै रहने र वर्षा तथा हिमपात हुने मौसमविदको अनुमान छ ।मौसमविद् समिर श्रेष्ठका अनुसार पश्चिमी वायुको प्रभाव मंगलबार रातिबाट नै पस्ने र बुधबार सुदूरपश्चिममा र बिहीबार उपत्यकामा वर्षाको सम्भावना छ । “सुदूरपश्चिम क्षेत्रमा अहिले यसको सामान्य प्रभाव देखिइसकेको […]
काठमाडौँ – देशका विभिन्न स्थानमा आज मौसम बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकाअनुसार शनिबार बिहान काठमाडौं उपत्यकासहित अन्य उपत्यका र तराईमा कुहिरो लागेको छ। दिउँसो देशभरको मौसम बदली हुने र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए। प्रधानाङ्गका अनुसार प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी […]
मौसम बदली सोमबारसम्म भए पनि ठूलो वर्षा नहुने पूर्वानुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।मौसमविद् समिर श्रेष्ठका अनुसार ३ दिनसम्म मौसम सफा नरहे पनि ठूलो वर्षाको सम्भावना छैन । मनुसन भने अक्टोबर पहिलो सातासम्म नै सक्रिय रहनेछ ।महाशाखाका अनुसार हाल नेपालमा भारतको पूर्वी राजस्थान आसपासमा अवस्थित न्यून चापिय क्षेत्र र बंगालको खाडीको मध्यपूर्वी भूभागमा अवस्थित […]