काठमाडौं : “सरकारका तर्फबाट पर्याप्त बिजनेस प्राप्त हुँदाहुँदै पनि सोचेजस्तो सदन सञ्चालन हुन सकेन। सभामुखको भूमिका सक्रिय र प्रभावकारी देखिएन”, रासससँग सांसद कार्यक्रममा नेकपा माओवादी केन्द्रका युवा सांसद लेखनाथ दाहाल राजनले भने, “यसकारण गएको एक वर्षमा सापेक्षिक भूमिका त निर्वाह गरियो, तर जनताको अपेक्षाअनुसार भएनन्।”यद्यपि, पछिल्लो एक वर्षमा मिटरब्याजी पीडितलाई न्याय दिने विधेयक, नागरिकता विधेयक, आर्थिक विधेयकलगायत नागरिकसँग प्रत्यक्ष जोडिएका केही महत्वपूर्ण विधेयक कार्या