कोरोना संक्रमित विपन्न व्यक्तिलाई १० हजार उपचार खर्च

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले कोरोना संक्रमित विपन्न व्यक्तिलाई उपचार खर्चवापत १० हजार रुपैयाँ दिने भएको छ । नगरपालिका प्रमुख महेश खरेलले मंगलवार सार्वजनिक सूचना जारी गर्दै नयाँ भेरियन्ट सहितको कोभिड–१९ फैलिँदै गएकाले कोरोना संक्रमित उपचाररत अतिविपन्नलाई वडाको सिफारिस र अस्पतालको कागजातको आधारमा नगरपालिकाले १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको बताए । यसअघि नगरभित्र सञ्चालित ४ वटा एम्बुलेन्सले मात्रै कोभिड–१९ संक्रमणका बिरामी बोक्न नसक्ने देखिएपछि सो नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रशासकीय...

सम्बन्धित सामग्री

कोरोना संक्रमित स्वास्थ्यकर्मी र कर्मचारीलाई उपचार खर्च र क्षतिपूर्ति

रामेछापको लिखु तामाकोसी गाउँपालिकाले कोरोना संक्रमित हुने स्वास्थ्यकर्मीलगायत कर्मचारीलाई उपचार र क्षतिपूर्तिको घोषणा गरेको छ ।

कोरोना संक्रमित जनशक्तिको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने

कोभिड १९  महामारीको दोश्रो लहर भयावह रुप लिँदै गएको अवस्थामा कोभिड नियन्त्रण, रोकथाम र उपचारमा खटिएका जनशक्ति संक्रमित भए त्यस्ता संक्रमित जनशक्तिको सम्पूर्ण उपचार खर्च प्रदेश २ सरकारले व्यहोर्ने निर्णय गरेको छ ।

डा. केसीद्वारा सरकारी उपचार खर्च अस्विकार

कोरोना संक्रमित डा. गोविन्द केसीले सरकारसँग उपचार खर्च नलिने भएका छन् । उनले आफ्नो उपचार खर्च आफैं व्यहोर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार ट्वीट गर्दै डा. केसीको स्वास्थ्यलाभको कामना ...

कोरोना संक्रमित डा. केसीले भने : मेरो उपचार खर्च आफैं व्यहोर्छु

२९ कात्तिक, काठमाडौं । कोरोना संक्रमित प्रा. डा. गोविन्द केसीले आफ्नो उपचार खर्च आफैं व्यहोर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार ट्वीट गर्दै डा. केसीको स्वास्थ्यलाभको कामना गर्नुका साथै सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने …

कोरोना संक्रमित डा.गोविन्द केसीको उपचार खर्च सरकार बेहाेर्छ : प्रधानमन्त्री ओली

कोरोना भाइरसबाट संक्रमित डा. गोविन्द केसीको उपचार खर्च सरकारले बेहोर्ने भएको छ।

अनुमतिविना कोभिड अस्पताल सञ्चालन, ४ जनाको मृत्युपछि बन्द गर्ने निर्देशन

२३ कात्तिक, विराटनगर । विराटनगरको एक अस्पतालमा ४ जना कोरोना संक्रमितको मृत्यु भएपछि मात्र अनुमति नलिई सञ्चालन भएको खुलेको छ । सरकारले कोरोना संक्रमित आफैंले उपचार खर्च व्यहोर्नुपर्ने निर्णय गरेपछि कात्तिक पहिलो सातादेखि म्याक्स इन्टरनेशनल अस्पतालले …

‘प्रधानमन्त्रीज्यू, प्रेमकुमारीलाई बचाउन सकिएन’

सम्माननीय प्रधानमन्त्री ज्यू, तपाईंको नेतृत्वको सरकारले 'कोरोना संक्रमितले आफैं उपचार खर्च ब्यहोर्नू' भनेर जनताका नाममा आदेश गरेकै दिन झापा जिल्लाको दमक निवासी कोरोना संक्रमित ६७ बर्षीया प्रेमकुमारी खड्काको निधन भयो । त्यसो त उक्त दिनमात्र देशभरका कोरोना …

लुम्बिनी प्रदेशमा कोरोना उपचार निःशुल्क

संघीय सरकारले कोरोना संक्रमित बिरामीहरुले आफ्नो उपचार खर्च आँफै ब्यहोर्नु पर्ने निर्णय गरेपनि लुम्बिनी प्रदेश सरकारले भने कोरोना उपचार निःशुल्क रहने जनाएको छ ।