चुनावको लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आइतबार

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि भोलि असोज २३ गते आइतबार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रमका लागि तयारी पूरा भएको छ ।निर्वाचनमा भाग लिने दल र उम्मेदवारले मनोनयनका लागि आफ्नो तयारी तीव्र बनाएका छन् । आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफँै वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।आयोगले सोका लागि आवश्यक संरचना, जनशक्ति र सुरक्षा प्रबन्धसहित सम्पूर्ण व्यवस्था मिलाइ सकेको जनाएको छ । आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोग सम्पूर्ण राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षलाई निर्धक्क भएर मतदाताबीच पुगी अनुमोदित हुने आफ्नो अधिकार प्रयोग गर्न आह्वान गरे ।उनले मनोनयनपत्र दर्ता गर्दा नेपालको संविधान र विद्यमान कानुनको व्यवस्था र मर्मबमोजिम सबै वर्ग, लिङ्ग, जाति, क्षेत्र र समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवारी मनोनयन गर्न सम्पूर्ण राजनीतिक दललाई आग्रह गरे ।आयोगद्वारा जारी आचारसंहिताको पूर्ण पालना गर्नसमेत सम्बन्धित सबैमा उनले आग्रह गरे । प्रमुख आयुक्त थपलियाले विविध कारणवश केही दलले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रम केही पर सारिदिन वा तीन दिनसम्म उक्त कार्यक्रम निरन्तर गर्न आग्रह गरेको भए पनि दलले प्रायःअन्तिम समयमा मात्रै उम्मेदवारी मनोनयनको निर्णय गर्ने प्रवृत्ति रहेको र विद्यमान कानुनी अवस्थाभित्र निर्वाचन कार्यक्रम हेरफेर गर्ने आधार नदेखिएकाले कार्यक्रम यथावत राखिएको स्पष्ट गरे ।उनले उम्मेदवारले वारेसनामा वा प्रतिनिधिका माध्यमबाट पनि मनोनयनपत्र दर्ता गराउन सक्ने भएकाले सोका लागि आधिकारिक पत्र, वारेसनामा र निस्साजस्ता कागजात सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उपलब्धसम्म गराएर दल र उम्मेदवारलाई सहजीकरण गर्न आयोग तत्पर रहेको स्पष्ट गर्दै आवश्यकता र औचित्यताका आधारमा निर्वाचन आचारसंहिता, २०७९ मा संशोधन गरिएको जानकारी दिए ।निर्वाचनका लागि यही असोज २० गतेसम्ममा पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत ७७ र निर्वाचन अधिकृतको कार्यालय ८८ स्थानमा गरी १६५ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन क्षेत्रको मतदाता सङ्ख्या, मतदान केन्द्रको सङ्ख्या र क्षेत्रफललाई आधार मानी सूत्रमा आधारित भई विद्यमान कानूनबमोजिम राजनीतिक दल वा उम्मेदवारले गर्ने खर्चको अधिकतम हद तोक्ने निर्णय गरी यही असोज १६ गते सार्वजनिक गरिसकेको छ ।

सम्बन्धित सामग्री

चित्रबहादुर केसीद्वारा उम्मेदवारी दर्ता

बाग्लुङ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधि सभा सदस्यका लागि बाग्लुङको क्षेत्र नं १ मा उम्मेदवारी दर्ता गराउनुभएको छ । अध्यक्ष केसीले बाग्लुङ बजारमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आज आइतवार दिउँसाे उम्मेदवारी दर्ता गर्नुभएको हो । उम्मेदवारी दर्ता गर्न उहाँ शनिवार नै बाग्लुङ आइपुग्नुभएको थियो । सङ्घीय संसद्का लागि अध्यक्ष केसीको मनोनयन दर्तामा कृष्ण अधिकारी प्रस्तावक र लक्ष्मी बाँस्कोटा समर्थक हुनुहुन्छ । उहाँले पाँच दलीय गठबन्धनको सहयोगमा उम्मेदवारी दिनुभएको हो । उहाँसँगै प्रमुख प्रतिप...

देउवाविरुद्ध कर्णबहादुर मल्लको उम्मेदवारी दर्ता

डडेल्धुरा :  प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध कर्णबहादुर मल्लले उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेस (बीपी) वरिष्ठ उपाध्यक्ष मल्लले प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका हुन्।मल्लको समर्थकमा रोहित देउवा र प्रस्तावक कृष्णदत्त जोशी रहेका छन्। मल्ल कांग्रेसका पूर्व जिल्ला सभापतिसमेत हुन्। प्रधानमन्त्री देउवाले पनि उम्मेदवारी दर्ता गरिसकेका छन्।

यस्ता छन् नवलपरासी उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरू

नवलपरासीमा पनि दलका उम्मेदवारहरूले हर्साेउल्लासका साथ उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतहरूको कार्यालयले ठुला दलहरूलाई सोमबार मनोनयनको दोस्रो दिन उम्मेदवारी दर्ता गराउने तालिका तय गरेअनुसार जिल्लाका ठुला दलहरू हर्साेउल्लासका साथ आ–आफ्ना उम्मेदवारहरूको उम्मेदवारी दर्ता गराएका हुन् । जिल्लामा उम्मेदवारी दर्ता निकै सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।यस्तो छ जिल्लाको ७ वटै पालिकामा ठुला दलका प्रमुख उप प्रमुखका उम्मेदवारहरु : रामग्राम नगरपालिकामा नेपाली काँग्रेसको तर

काठमाडौंको मेयरमा आनन्दराज जोशीको पहिलो उम्मेदवारी दर्ता

११ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा आनन्दराज जोशीले उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौं महानगरपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जोशीले पहिलो उम्मेदवारी दर्ता गराएका हुन् । उनले  राष्ट्रिय यथार्थवादी पार्टी नेपालबाट उम्मेदवारी दर्ता गराएका हुन् । ३७ वर्षीय जोशीले सरोज शाहीको प्रस्ताव र सरला शाहीको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् । जोशी काठमाडौं महानगरपालिका-१९ […]

देउवाले सभापतिमा उम्मेदवारी दर्ता गराए

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनमा पार्टी सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् । दोस्रो कार्यालको सभापतिका लागि देउवाले उम्मेदवारी दर्ता गराएका हुन् ।

सुजाता कोइरालाले गरिन् उपसभापतिका लागि उम्मेदवारी दर्ता

काँग्रेस नेत्री सुजाता कोइरालाले उपसभापति पदका लागि उम्मेदवारी दर्ता गरेकी छन् । नेत्री कोइरालाले केही बेरअघि उपसभापति पदका लागि उम्मेदवारी दर्ता गरेकी हुन् ।कोइराला आजै प्रकाशमान सिंहको प्यानलमा खुलेकी थिइन् । कोइरालाले उम्मेदवारी दर्ता गर्नुअघि सिंहले पनि सभापतिको पदका लागि उम्मेदवारी दर्ता गरेका थिए । उनीहरु बाजागाजासहित उम्मेदवारी दर्ता गर्न महाधिवेशनस्थलमा पुगेका थिए ।

काँग्रेस सभापतिमा गुरुङले गराए उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली काँग्रेसको सभापतिमा कल्याण गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । भृकुटिमण्डपमा बिहान १० बजेदेखि नै उम्मेदवारको मनोनय दर्ता सुरु भएपछि गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् । सभापतिमा उम्मेदवारी दर्ता गराउने गुरुङ पहिलो हुन् । गुरुङ केन्द्रीय सदस्य हुन् ।

कल्याण गुरुङद्वारा सभापति पदमा उम्मेदवारी दर्ता

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा कल्याण गुरुङले सभापति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । गुरुङले १० बजेर ४५ मिनेटमा जाँदा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । केन्द्रीय सभापति पदमा उम्मेदवारी दर्ता गर्ने उनी पहिलो हुन् ।रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘परिवर्तन न्याय र समानताका लागि मैले उम्मेदवारी दर्ता गरेका हुँ । युवा पुस्ताको प्रतिनिधित्वका रुपमा मेरो उम्मेदवारी हो ।’ हालसम्म कसैको टीम नबनेको कारण आफूले पनि एक्लै उम्मेदवारी दर्ता गरेको उनको भनाइ छ । कुनै पनि हालतम

भीम रावलले गराए अध्यक्षमा उम्मेदवारी दर्ता

एमालेको अध्यक्ष पदमा उपाध्यक्ष भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । हिजै फारम लिएका उनले सोमबार (आज) निर्वाचन आयोगमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै  एमाले उपाध्यक्षमा युवराज ज्ञवाली र सचिवमा प्रदीप ज्ञवालीले उम्मेदवारी दर्ता गराएका छन् । युवराजले उपाध्यक्ष र प्रदीपले उप महासचिवमा उम्मेदवारी दर्ता गराएका हुन् ।

फिलिपिन्सका राष्ट्रपतिद्वारा सिनेटरका लागि उम्मेदवारी दर्ता

मनिला । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले सोमबार सिनेटरका लागि उम्मेदवारी दर्ता गराएका छन् । आगामी सन् २०२२ को मे महिनामा हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन आवश्यक पर्ने कागजपत्रहरु उनले सोमबार पेस गरेका हुन् । राष्ट्रपतिको कार्यकाल पूरा गरेर बहिर्गमनको चरणमा रहेका डुटेर्टेले आफ्ना वकिलहरु मार्फत उम्मेदवारी दर्ता गराएको जनाइएको छ । उम्मेदवारी दर्ता गराउन […]