नेकपा एमालेका सचिव गोकर्ण विष्टले एमालेको १० औं महाधिवेशनमा सहमतिका आधारमा प्रतिनिधि चयन गर्ने सकारात्मक प्रक्रिया देखिएको टिप्पणी गरेका छन् । पार्टीलाई विभिन्न शक्तिहरूले घेराबन्दी गर्ने प्रयास गरिरहेका बेला यसले पार्टीलाई थप सशक्त बनाउने उनले बताएका हुन् ।
‘नेकपा एमालेको १०औं महाधिवेशनमा सहमतिका आधारमा प्रतिनिधि चयन गर्ने सकारात्मक प्रक्रिया देखिएको छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘पार्टीलाई विभिन्न शक्तिहरुले घेराबन्दी गर्ने प्रयास गरिरहेको यो चुनौतीपूर्ण क्षणमा राजनैतिक, वैचारिक, भावनात्मक र संगठ...