सुरुङमार्गको प्रगति ६५ प्रतिशत

निर्माणाधिन काठमाडौं–धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको कुल प्रगति ६५.३० प्रतिशत पुगेको छ । सुरुङमार्ग छेड्ने काम आगामी १० महिनामा पूरा गर्नुपर्ने भए पनि समयमा पूरा नहुने भएपछि निर्माण कम्पनीले समय थप गर्न माग गरेको छ ।मंगलबार आयोजनाले प्रगति विवरण जारी गर्दै भनेको छ, “काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटरमध्ये […]

सम्बन्धित सामग्री

भेरी बबईमा साढे ९ वर्षमा ६५ प्रतिशत काम

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनामा झन्डै साढे ९ वर्षमा ६५ प्रतिशत भौतिक प्रगति भएको छ । आर्थिक वर्ष ०७१/७२ बाट सुरु गरिएको आयोजनाको म्याद करिब साढे ४ वर्ष बाँकी छ । कोरोना महामारी, ठेक्का सम्झौतामा ढिलाइ, कामदार अभाव, समयमै अख्तियारी नआउनु, बाढीलगायत कारण आयोजनाको काममा ढिलाइ भइरहेको हो ।

भेरी बबई आयोजना : साढे ९ वर्षमा ६५ प्रतिशत भौतिक प्रगति

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनामा झन्डै साढे ९ वर्षमा ६५ प्रतिशत भौतिक प्रगति भएको छ । आर्थिक वर्ष २०७१/०७२ बाट सुरु गरिएको आयोजनाको म्याद झन्डै साढे ४ बर्ष बाँकी छ । कोरोना महामारी, ठेक्का सम्झौतामा ढिलाइ, कामदार अभाव, समयमै अख्तियारी नआउनु, बाढीलगायत कारण आयोजनाको काममा ढिलाइ भइरहेको हो ।

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। एक सयभन्दा ठूला दरका भारतीय रुपैयाँको कारोबार गर्न राष्ट्र बैंकले प्रतिबन्ध लगाएको छ। ६५ प्रतिशत भौतिक प्रगति नभएसम्म जलविद्युत कम्पनीले आईपीओ निष्काशन गर्न नपाउने भएका छन्। असोज २१ गतेदेखि मंसिर ४गतेसम्म चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनमा ल्याइने भएको छ। यस वर्ष पूर्वी नेपालमा आएको बाढीको कारण १५०मेगावाटका १३जलविद्युत आयोजना प्रभावित हुँदा ८ अर्ब बराबरको क्षती भएको छ।

चेपेखोला जलविद्युत् निर्माणको काम अनिश्चित

आयोजनाको भौतिक प्रगति करिब ६५ प्रतिशत छ भने झण्डै ९० करोड बराबरको लगानी भइसकेको छ। आयोजनाले विद्युत् उत्पादन मिति २०८० साउन ३ गतेभित्र निर्माण कार्य सकेर परीक्षण समेत गरी राष्ट्रिय प्रसारण लाइनमा विद्युत् जडान गर्ने लक्ष्य राखेको छ।...

नयाँ मन्त्री पुरानै निवासमा

काठमाडौं, मंसिर २९ । संघीय तथा प्रदेशसभाको आवधिक निर्वाचन सम्पन्न भएर नयाँ सरकार गठन हुने क्रममा छ । तर, नयाँ मन्त्रीहरुले पनि ललितपुरको भैंसेपाटीमा निर्माण भइरहेको मन्त्री निवासमा प्रवेश नपाउने भएका छन् । मन्त्रिहरुका लागि भैंसेपाटीमा निर्माण भइरहेको भवनको ७८ प्रतिशत भौतिक र ६५ प्रतिशत वित्तीय प्रगति मात्र पूरा भएको छ। सहरी विकास तथा भवन […]

नयाँ मन्त्री पनि पुरानै निवासमा

संघीय तथा प्रदेशसभाको आवधिक निर्वाचन सम्पन्न भएर नयाँ सरकार गठन हुने क्रममा छ । तर, नयाँ मन्त्रीहरुले पनि ललितपुरको भैंसेपाटीमा निर्माण भइरहेको मन्त्री निवासमा प्रवेश नपाउने भएका छन् । मन्त्रिहरुका लागि भैंसेपाटीमा निर्माण भइरहेको भवनको ७८ प्रतिशत भौतिक र ६५ प्रतिशत वित्तीय प्रगति मात्र पूरा भएको छ । सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको […]

बेनी–जोमसोम सडक : स्तरोन्नति ६५ प्रतिशत सम्पन्न

म्याग्दी । गण्डकी प्रदेशको ‘जीवनरेखा’ मानिएको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम सडक खण्डको स्तरोन्नति र कालोपत्र गर्ने काम ६५ प्रतिशत सम्पन्न भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले ११ मिटर फराकिलो सडकमा बर्खाको समयमा समेत नियमित यातायातका साधन सञ्चालन हुनेगरी स्तरोन्नतिको काम सम्पन्न भएको जानकारी दिए । उनका अनुसार जोमसोम–कोरला खण्डको ८५ प्रतिशत र बेनी–जोमसोम सडक खण्डको ६५ प्रतिशत काम सम्पन्न भएको हो । बेनी–जोमसोम–कोरला सडकखण्डमा बेलिब्रिज विस्थापित गरी धमाधम पक्की पुल निर्माण गरिएको उनले बताए । उनका अनुसार राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने उक्त सडकखण्डको स्तरोन्नतिसँगै नियमित र सहज रुपमा यातायातका साधन सञ्चालनका लागि आठओटा पक्की पुल निर्माण गरिएको छ । ‘बेलिब्रिजलाई समेत आवश्यकता अनुसार हटाएर पक्की पुल बनाइरहेका छौं, हिउँदमा समेत खहरे उर्लिने भएकाले थप पुल निर्माणका लागि प्रस्ताव गरिएको छ,’ प्रमुख प्रजापतिले भने । कालीगण्डकी कोरिडोरका १३ ओटा खण्ड अन्तर्गत आयोजनाको कार्यक्षेत्र बागलुङ र पवर्तको सिमानामा रहेको मालढुंगादेखि म्याग्दीको बेनी, मुस्ताङको जोमसोम हुँदै कोरला नाकासम्म पर्छ । सडकखण्डको म्याग्दी र मुस्ताङका विभिन्न ठूला र सहायक खोलामा पुल सञ्चालनमा आएपछि यात्रुलाई सहज भएको छ । उनका अनुसार म्याग्दीको गलेश्वरमा राहुघाट खोलामाथि ४० मिटर, घट्टेखोलामा ४० मिटर, मुस्ताङको स्याङ खोलामा १ सय १५ मिटर, पाण्डाखोलामा ५० मिटर लामो पुल बनेको छ। पुल महाशाखाको पश्चिम सेक्टर कार्यालय पाल्पाले म्याग्दीकै अन्नपूर्ण गाउँपालिकाको महभिर र पोखरबगरस्थित कालीगण्डकीमा ७० र ८० मिटर लामो पुल निर्माण गरिएको छ । मुस्ताङको बोक्सीखोला, सुनखोला र थापाखोलामा मोटरेबल पुल बनाउन प्रस्ताव गरिएको प्रजापतिले बताए । ‘कालोपत्र सडकमा मोटरेबल पुलले थप सहज भएको छ, प्राकृतिक विपत्तिले केही ठाउँमा पुल निर्माणमा असर गरेको छ,’ उनले भने । गतवर्षको बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से र मुस्ताङको खहरेखोलाको मोटरेबल पुल अलपत्र भएको छ । बाढीले दुवै स्थानमा अन्तिम चरणमा पुगेको पुल तहसनहस बनाइदिएपछि तत्काल पक्की पुलको सम्भावना नभएकाले नमूना परिवर्तन गरी बेलिब्रिज निर्माण गरिने आयोजनाले बताएको छ । मुस्ताङकै पाण्डाखोलाले धार परिवर्तन गरेपछि र उपल्लो मुस्ताङको छुसाङमा डोलिडारले बनाइएको पुलले खोलाको सबै भाग समेट्न नसकेपछि अर्को ५० मिटर लामो अर्को पुल बनाउन प्रस्ताव समेत गरिएको छ । आयोजनाको म्याग्दी खण्डमा बाढीपहिरो र मुस्ताङमा बेमौसमी बाढीले काम गर्न समस्या भए पनि सडकखण्डमा निर्माणाधीन १२ ओटा मोटरेबल पुलको ठेक्का सम्झौता खरिद ऐन अनुसार थपिएको समयसीमा आगामी चैतमा सकिँदै छ । ढिलासुस्ती गर्ने, विभिन्न बहाना बनाउने ठेकेदारलाई आयोजनाले सम्झौता तोड्ने र बैंक ग्यारेन्टी समेत जफत गर्ने चेतावनी दिएपछि पछिल्लो समय आयोजनाको कामले गति लिएको छ । सात अर्ब २७ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको १ सय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत सडक तथा पुल निर्माणमा हालसम्म चार अर्ब ७३ करोड खर्च भइसकेको लेखा अधिकृत शेखरचन्द्र सापकोटाले बताए । ठेकेदारलाई प्रगतिको आधारमा भुक्तानीसँगै नियमित निगरानी समेत भइरहेकाले पछिल्लो समय प्रगति भएको उनको भनाइ छ । म्याग्दी खण्डमा डीबीएसडी र मुस्ताङमा अस्फाल्ट प्रविधिको कालोपत्र भइरहेको छ । सडकखण्डको सबैभन्दा जोखिम मानिने म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा १ दशमलव २ किमी सडक विस्तारका लागि डोजरको सहायताले मात्रै ट्र्याक निर्माण नभएपछि विष्फोटक पदार्थको प्रयोग गर्न लागिएको आयोजनाले बताएको छ । सडकखण्डमा पक्की पुलहरू बनेपछि यात्रामा समेत सहज भएको स्थानीयले बताएका छन् । विगतमा सडकखण्डमा पर्ने खोलामा पुल नहुँदा असारदेखि असोजसम्म याताायात सञ्चालनमा समस्या हुने गरेको थियो ।

हुलाकी राजमार्गको ६५ प्रतिशत निर्माण सम्पन्न

तराई–मधेसको मेरुदण्ड मानिएको हुलाकी राजमार्ग विस्तारको काम ६५ प्रतिशत सम्पन्न भएको छ ।  तराई–मधेसका २१ जिल्ला जोड्ने बहुप्रतीक्षित राष्ट्रिय गौरवको हुलाकी राजमार्गको हालसम्म वित्तीय प्रगति ७० प्रतिशत पुगेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले ...

कोरिडोरको पर्वत खण्डमा ६५ प्रतिशत प्रगति

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरअन्तर्गत पर्वत खण्डको भौतिक प्रगति ६५ प्रतिशत भएको छ ।