डाकियो नेकपा सचिवालय बैठक, स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएको अनियमिततामा छलफल हुने

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक मंगलवार (भोलि) बस्ने भएको छ। कोरोनाको औषधि खरिद प्रक्रियामा अनियमितता भएको र स्वास्थ्य सामग्री खरिद गर्न सेनालाई दिने खबर बाहिरिएपछि नेकपा सचिवालय सदस्यहरुले बैठक डाक्नुपर्ने माग राखेका थिए। पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सार्वजनिक रुपमै