नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले कायममुकायम प्रधानन्यायाधीश नतोकिएको कारण देखाउँदै बेञ्च नबस्न न्यायाधीशहरूलाई आग्रह गरेका छन् ।
दुवै बारका पदाधिकारीले बुधवार न्यायाधीशहरूलाई भेटेर कायममुकायम प्रधानन्यायाधीश नतोकिई गठित इजलासमा नबस्न ध्यानाकर्षण गराएका हुन् ।
'प्रधानन्यायाधीश अनुपस्थित रहेकाले कायममुकायम स्वत: तोकिनुपर्ने हो,' न्यायाधीशहरूसँगको भेटपछि सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले भने, 'न्यायालय नेतृत्वविहीन हुन सक्दैन । गोलाप्रथाबाट तोकिएको पेशी रुजु गर्नका लागि पनि वरिष्ठतम्...