इन्द्रजात्राका लागि हनुमानढोकामा पुर्‍याइयो य:सिं

काठमाडौं : यँया: (इन्द्रजात्रा) का लागि य:सिं लाई आज तत्कालीन कान्तिपुर नगरको पूर्वी प्रवेशद्वार रहेको भोटाहिटीबाट तानेर नगर प्रवेश गराइएको छ। बिहान १० बजेर ३४ मिनेटको शुभ साइतमा य:सिंलाई भोटाहिटी, असन, इन्द्रचोक हुँदै वसन्तपुरस्थित कालभैरव मन्दिर अगाडि पुर्‍याइएको हो। असोज २ गते बिहान ६ बजेर ५१ मिनेटमा हनुमानढोकामा य:सिं ठड्याएर इन्द्रध्वजोत्थान…