https://nagariknews.nagariknetwork.com/social-affairs/254211-1593085895.html

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ५५ वर्ष उमेर नाघेका पत्रकारलाई प्रोत्साहन भत्ता दिने नीति तथा कार्यक्रम ल्याएको छ । बुधबार आयोजित सातौं गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८ देखि ५५ वर्ष उमेर पुरा गरेका ज्येष्ठ पत्रकार वा नेपाल पत्रकार महासंघको सदस्यता लिएको २० वर्ष पुरा गरेका पत्रकारलाई मासिक दुई हजार प्रोत्साहन भत्ता उपलव्ध गराउने नीति तथा कार्यक्रम ल्याएको हो ।