यू–१९ एसिया छनोट : नेपाल र भुटान भिड्दै

काठमाडौं : यू–१९ आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट क्रिकेटमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ। भुटानसँगको खेल मलेसियाको किनरारा ओभलमा नेपाली समयअनुसार बिहान ११ बजे सुरु हुनेछ। यसअघि एउटा खेलमा जित र अर्को खेलमा हार व्यहोरेको नेपाल आज दोस्रो जितको खोजीमा मैदान उत्रिँदैछ। पहिलो खेलमा कतारलाई ७९ रनले पराजित गरेको १९ वर्ष मुनीको महिला टोली दोस्रो खेलमा युएईसँग ८ रनमा अलआउट भएको थियो। भुटानले भने यसअघिका दुवै खेलमा हार व्यहोरेको छ। नेपाल २ खेलबाट २ अंक जोडे