नेपाली कांग्रेसका सांसद सुनिल शर्मा प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीप्रति आफूले नैतिकताको प्रश्न तेर्साएको बताएका छन् । उनले मन्त्रीहरूलाई आफूले प्रश्न उठाएकै कारण उत्तरकोरियाको कम्युनिस्ट शासनको स्टाइलमा आफूलाई पक्राउ गरिएको बताए । नयाँ बानेश्वरस्थित ल्होत्से हलमा जारी संसदीय दलको बैठकमा सांसद शर्माले आफूलाई प्रहरीले आतंककारीलाईझैं उठाएर लगेर हातपात गरेको गुनासो समेत गरे ।