राप्रपाको २५ सदस्यीय विशेष समितिमा धवल शमशेर अटाएनन् !

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार गठन गरेको २५ सदस्यीय केन्द्रीय विशेष समितिमा पार्टीका उपाध्यक्ष र महामन्त्री समेत रहिसकेका धवलशमशेर राणालाई समावेश गरिएको छैन । पार्टीभित्र राणाले आगामी महाधिवेशनबाट आफूलाई नेतृत्वको दावेदारको रुपमा प्रस्तुत गर्दै आएका छन् । पार्टीका शीर्ष नेताहरुको प्रतिनिधित्व रहनेगरी विशेष समिति बनाइएको भएपनि राणालाई समावेश नगरिएको भन्दै पार्टीभित्र असन्तुष्टि देखिएको छ । राप्रपाका एक नेताले राणाले अध्यक्ष कमल थापा लगायत नेतृत्वको कार्यशैलीको विरोध गरेकै