काठमाडौं : श्रीलंकाका राष्ट्रपति गोताबाय राजपाक्ष देश छाडेर भागेका छन्। परिवारवादले मुलुकको आर्थिक अवस्था डामाडोल बनाएका राजपाक्ष सेनाको विमान मार्फत् भागेर माल्दिभ्स पुगेको जनाएको छ। मुलुकमा आर्थिक संकटको विषयलाई लिएर चर्किइरहेको आन्दोलनकाबीच उनी भागेका हुन्। उनी सोमबार राति ३ बजे स्थानीय माल्दिभ्स पुगेको बीबीसीले जनाएको छ। राजपाक्षको बहिर्गमनसँगै श्रीलंकामा एक दशकभन्दा लामो समयदेखिको एक परिवारको शासन अन्त्य भएको छ।गत शनिबार प्रदर्शनकारीले राष्ट्रपति निवासमा प्र