राप्रपा एकता महाधिवेशन: अध्यक्षमा कमल थापाले दिए उम्मेदवारी

न्युज अफ नेपाल, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा कमल थापाले उम्मेदवारी दर्ता गराएका छन्। यसअघि राप्रपा अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराइसकेका छन्। राप्रपाको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता जारी छ। अहिलेसम्म अध्यक्ष पदमा थापा, लिङ्देनले उम्मेद्वारी दर्ता गराएका छन्। महामन्त्रीमा रेखा थापा र धवलशमशेर राणाले पनि उम्मेदवारी दर्ता गराइसकेका छन्। […]