कलेजो मानव शरीरको महत्वपूर्ण अंग हो । पाचन प्रणालीमा समस्या आउनुमा ८० प्रतिशत भूमिका कलेजोको नै हुने बताइन्छ ।
कलेजोको मुख्य काम खाना पचाउने, उर्जा भन्डारण, विषाक्त पदार्थलाई शरीरबाट बाहिर निकाल्ने, प्रतिरक्षा प्रणालीको रक्षा गर्ने र शरीरलाई चाहिने रासायनिक पदार्थ उत्पादन गर्ने हो ।
आजकालको व्यस्त जीवनशैली र अस्वस्थकर खानपानका कारण कलेजोमा असर परिरहेको छ । चुरोट तथा मदिराजन्य पदार्थको सेवन पनि कलेजो बिग्रने अर्को कारण बन्ने गरेको छ । एकपटक कलेजो बिग्रिएपछि त्यसले निकै समस्या पार्छ । आखिर कलेजो स्वस्थ राख्ने उपाय के हुन् त ...