काठमाडौं : औसतमा दैनिक एक हजार ५०० नेपाली युवा रोजगारीको खोजीमा विदेश गइरहेका बेला नेपालमा भने विदेशी दक्ष जनशक्ति आएर काम गरिरहेका छन्। शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, नेपालबाट रोजगारीकै लागि श्रम स्वीकृति लिएर बिदेसिने युवाको ठूलो संख्या अदक्ष जनशक्ति हो। यसबाहेक सानो संख्यामा दक्ष जनशक्ति पनि बाहिरिने गरेका छन्। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले चालु आर्थिक वर्ष २०८०र८१ को पहिलो चार महिनामा सरकारले ६९० विदेशी नागरिकलाई काम गर्ने अनुमति (श्रम स्वीकृति) दिएको छ। नेपालमा द