निर्वाचन आयोगमा 'सामाजिक एकता पार्टी' दर्ता

काठमाण्डाै – सामाजिक एकता पार्टी नामक दल निर्वाचन आयोगमा दर्ता भएको छ । सिबी गहतराजको अध्यक्षतामा गठन गरिएको याे पार्टीलाई आज बिहीवार निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र औपचारिक रूपमा दिएको हो । यही फागुन ३ गते बसेको निर्वाचन आयोगको बैठकले याे दल दर्ताको प्रमाणपत्र दिने निर्णय गरेको थियो । धर्म निरपेक्षताको पक्षधरताको रूपमा खडा भइ संविधानको रक्षा गर्ने र देशमा विद्यमान सबै खालको सामाजिक विभेदको अन्त्य गरी देशलाई समृद्ध बनाउन लागिपर्ने मुख्य उद्देश्यका साथ निर्वाचन आयोगमा पार्टी दर्ता गरिएको अध्यक्ष गहतराजले बत...