बिजुली निर्यात गर्न नेपालले पठाएका १० आयोजनामा भारतले स्वीकृति नदिँदा यस वर्ष वर्षायाममा बढी हुने बिजुलीको बजार अन्योल देखिएको छ । गत फागुनमा भएको ऊर्जा सम्मेलनअघि भारतीय विद्युत् बजारमा बिक्रीका लागि पठाएका १० आयोजनामा भारतले हालसम्म स्वीकृति दिएको छैन ।