जिल्लाको अन्नपूर्ण गाउँपालिकाले टाढाटाढाका वडामै पुगेर योजना सम्झौता गर्न थालेको छ । चालु आर्थिक वर्षमा पालिकाबाट विनियोजन भएका योजनाहरु समयमै सम्पन्न गर्न र उपभोक्ता समितिलाई योजना सम्झौता प्रक्रियालाई सहज बनाउन बैंकसहित वडामै पुगेर योजना सम्झौता गर्न थालिएको हो ।