काठमाडौं: नेपाली फुटबल टोलीले एएसी एसियन कप छनोट अन्तर्गत अन्तिम खेलमा आज इन्डोनेसियाको सामना गर्दैछ। कुवेतस्थित जाबेर अल-अहमद इन्टरनेशनल स्टेडियममा आज राति १ बजे नेपाल र इण्डोनेसिया आमनेसामने हुनेछन्।
एसिया कपको छनोटमा इण्डोनेसियाले समूह 'ए' मा दुई खेल खेल्दा एक जित र एक हार ब्यहोर्दै ३ अंक जोडेर दोस्रो स्थानमा…