एजेन्सी। कोरोनाका कारण निलम्बित अवस्थामा रहेको इन्डियन प्रिमियर लिग (आईपीएल)को पुनः सञ्चालनको लागि भारतीय क्रिकेट बोर्डलाई चार देशहरुले आफ्नो देशमा आयोजनाका लागी प्रस्ताव गरेका छन्। बिसीसीआईलाई इङ्ल्यान्ड, युएई, अष्ट्रेलिया र श्रींलकाले आईपीएल आयोजनाको प्रस्ताव राखेका हुन्। यसअघि आईपीएल दक्षिण अफ्रिका र युएईमा आयोजना भइसकेको छ। आईपीएलको पछिल्लो सिजन युएईमा भएको थियो जसको लागि बिसीसीआईले ९८.५ करोड भारु युएईलाई बुझाएको थियो।