काठमाडौँ, ५ चैत । प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले सहकारी र मिटरब्याज (अनुचित लेनदेन) पीडितका समस्यालगायत जनजीवनका समस्याबारे ध्यानाकर्षण गराएका हुन् । नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले मिटरब्याज पीडितको न्यायका नाममा बिचौलीको संलग्नता हुने गरेको भन्दै गृह प्रशासनको ध्यानार्कषण गराए । कांग्रेसका सांसद दिक्पालकुमार […]