बाढीको जोखिममा दोभान बजार

जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र दोभान बजार बाढीको जोखिममा परेको छ । मैवा खोलामा आएको बाढीले धार परिवर्तन गरेर बस्ती केन्द्रित भएपछि जोखिम बढेको हो । यहाँका व्यापारीहरु अहिले घरको सामान सुरक्षित ठाउँमा सार्न थालेको मेरिङदेन गाउँपालिका–३ का वडाध्यक्ष गजेन्द्र लिम्बूले जानकारी दिए ।