लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व फेर्ने कसरत, काँग्रेसले थाल्यो आन्तरिक गृहकार्य

लुम्बिनी प्रदेशका सरकारको नेतृत्व फेर्नेगरी काँग्रेसले आन्तरिक गृहकार्य थालेको छ । माओवादी नेता कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने बेला गठबन्धन दलबीच काँग्रेस र माओवादीले आठ–आठ महिना सरकारको नेतृत्व गर्ने आन्तरिक समझदारी भएको थियो ।केसी मुख्यमन्त्री बनेको आगामी १२ फागुनमा आठ महिना पुग्दैछ । आलोपालो सहमतिअनुसार त्यसपछि काँग्रेसले प्रदेश सरकारको नेतृत्व लिनुपर्ने हुन्छ । काँग्रेस नेताहरूले अहिले आलोपालो सहमतिलाई कोट्याएर नेतृत्व परिवर्तनको गृहकार्य थालेका छन् । आलोपालो सहमतिअनुसार अर्को

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश सरकारः समझदारीअनुसार नेतृत्व फेर्ने जिम्मा शीर्ष नेतृत्वलाई

बुटवल– लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व फेर्ने जिम्मा कांग्रेस र माओवादी केन्द्रले शीर्ष नेतृत्वलाई सुम्पिएका छन्। माओवादी नेता कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने बेला गठबन्धन दलबीच कांग्रेस र माओवादीले आठ–आठ महिना सरकारको नेतृत्व गर्ने आन्तरिक समझदारी भएको थियो। कुलप्रसाद केसी मुख्यमन्त्री बनेको १२ फागुनमा आठ महिना पूरा भएको छ। आलोपालो सहमतिअनुसार अब कांग्रेसले प्रदेश सरकारको नेतृत्व लिनुपर्ने […]