न्युज अफ नेपाल, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले निर्वाचन आयोगबाट निष्पक्ष, तटस्थ भूमिका निर्वाह हुन नसकेको जनाएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले आज एक विज्ञप्ति जारी गर्दै ठाकुरलगायतलाई कारबाही गरिएकोबारे जानकारीसहित पार्टीको दल दर्ता किताबमा अद्यावधिक गर्न पठाइएकोमा त्यसलाई निर्वाचन आयोगको जेठ ३० को बैठकले अस्वीकार गरेकोमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । […]