भ्रष्टाचार नगर्ने प्रणसहित सत्ता गठबन्धनले धनगढी नगर प्रतिबद्धता सार्वजनिक गरेको छ । यही वैशाख ३० गते हुन स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सत्ता गठबन्धनले भ्रष्टाचार नगर्ने र गर्न नदिने प्रणसहित २२ बुँदे प्रतिबद्धता पत्र सोमबार सार्वजनिक गरेको हो ।नगरवासीको सेवा, सुविधा, विकास र समृद्धिका लागि अहोरात्र खटिने प्रण पनि सो प्रतिबद्धता पत्रमा उल्लेख छ । ‘विगतका वर्षमा हाम्रो प्रयासमा भएका कार्यहरूको स्वामित्व लिँदै कोभिड महामारीको सकसका बीच, पटक पटक प्रमुख प्रशासकीय अधिकृत र कर