भारतको चिकेन नेक भनिने सिलिगुडी कोरिडोरमा चीनले नजर लगाएको भारतीय विश्लेषकहरूले बताएका छन् ।
तिब्बत स्वायत्त क्षेत्रको चुम्बी उपत्यकामा चीनले कनेक्टिभिटी पूर्वाधार बलियो बनाइरहेको र उपस्थिति बढाएको बताइएको छ । त्यहाँबाट सिलिगुडी कोरिडोर नजिकै पर्छ ।
उक्त कोरिडोर भारतका लागि व्यापारिक र भौगोलिक मात्र नभई रणनीतिक रूपमा पनि महत्त्वपूर्ण क्षेत्र हो ।
चीनले चुम्बी उपत्यकामा वैकल्पिक सडक बनाइरहेको छ । त्यसमाथि चिनियाँ सेनाले भुटानी क्षेत्रमा सडकहरू बनाएर आफ्नो उपस्थिति थप प्रभावशाली बनाएको छ ।
...