मरिण गाउँपालिकाले ठेक्काको मापदण्ड पूरा नभएका भैँसीको पाडी र्फिता पठायो

सिन्धुली।  सिन्धुलीको मरिण गाउँपालिकाले किसानलाई अनुदानमा बाँड्न ल्याएको भैँसीको पाडी फिर्ता पठाएको छ । नवप्रवर्धन साझेदारी कोष अन्तरगत उन्नत जातको भैँसी पालन कार्यक्रमका लागि पाडी ल्याउने ठेक्का हात पारेको सर्लाहीको हजारीया २ मा रहेको साना किसान कृषि सहकारी संस्थान लिमिटेडले सम्झौताको मापदण्ड पूरा नभएका भैँसीको पाडी ल्याएपछि गाउँपालिकाले सहकारीलाई नै पाडी फिर्ता पठाएको हो । […]