काठमाण्डाै - टी–२० विश्व कप क्रिकेटमा अहिले न्युजिल्यान्ड र आयरल्यान्ड खेलिरहेका छन् । अस्ट्रेलियाको एडिलेडमा टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८५ रन बनायो । उसका कप्तान केन विलियम्सनले ६१ रनको अर्धशतकीय पारी खेले । आयरल्यान्डका जोश लिटिलले ह्याट्रिक विकेट लिए । उनले १८औँ ओभरमा तीन विकेट लिएका हुन् । दोस्रो बलमा केन विलियम्सन क्याच आउट भए ।
तेस्रो र चौथो बलमा जेम्श निसम र मिचेल सान्टनारल एलबीडब्लू आउट भए । यो विश्व कप समूह चरणमा श्रीलङ्कासँगको खेलमा यूएईमा स्पिनर कार्ति...